Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल क्रिकेट : सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गर्दै लुम्बिनी

अर्थ संसार

विहीबार, ११ मंसिर २०८२, ११ : ३९ मा प्रकाशित

एनपिएल क्रिकेट : सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गर्दै लुम्बिनी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बिहीबार) को खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले फिल्डिङ रोजेपछि लुम्बिनीले ब्याटिङ गर्ने भएको हो । 
अघिल्लो खेलबाट लुम्बिनीले एक खेलाडी परिवर्तन गरेको छ । जोनाथन स्मिथको स्थानमा थोमस ड्राका सुरुवाती ११ मा परेका छन् । सुदुरपश्चिमले भने अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ ।

सुदूरपश्चिमको टोलीः 

दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अविनास बोहोरा, नरेन साउद, इसान पाण्डे, विनोद भण्डारी, हेमन्त धामी, क्रिस लिन, स्कट कुगेलाइन, जोस ब्राउन, हरमित सिंह । 

लुम्बिनी लायन्सः 
रोहित पौडेल, सन्दीप जोरा, सुमित महर्जन, दिलीप नाथ, तिलक भण्डारी,  शेर मल्ल, अविशेष गौतम, डि आर्सी जोन म्याथु सर्ट, गुल्बदिन नइब, रुवेन ट्रम्पलम्यान, थोमस ड्राका । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको