Like us!
Follow us!
Connect us!
Watch us!

४ खर्ब ३० अर्बको नोट छाप्न ठेक्का चिनियाँ कम्पनीलाई

अर्थ संसार

शुक्रबार, १२ मंसिर २०८२, १४ : ४५ मा प्रकाशित

४ खर्ब ३० अर्बको नोट छाप्न ठेक्का चिनियाँ कम्पनीलाई

नेपाल राष्ट्र बैंकले चिनियाँ कम्पनीलाई ४ खर्ब ३० अर्ब बराबरको नोट छाप्न  ठेक्का दिएको छ। राष्ट्र बैंकले १६.९८५ मिलियन अमेरिकी डलर (अहिलेको विनिमय दर अनुसार २ अर्ब ३९ करोड रुपैयाँ) लागतमा सो बराबरको नोट छाप्न चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन बेइजिङलाई जिम्मा दिने निर्णय गरेको हो ।

यसअनुसार एक हजार दरको नोट छाप्न अहिलेको विनिमय दर अनुसार ५ रुपैयाँ ५६ पैसा लाग्ने देखिएको छ । यस अन्तर्गत १ हजार रुपैयाँ दरका ४३ करोड थान नोट छपाई हुनेछ । यसका लागि राष्ट्र बैंकले गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो ।

तोकिएको समयमा बोलपत्रमा सहभागी भएका सारभूत रुपमा प्रभावग्राही बोलपत्रदाता मध्येबाट उक्त छनोट गरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । यस नोटमा गभर्नर प्राडा विश्वनाथ पौडेलको हस्ताक्षर रहन छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको