अर्थ संसार, काठमाडौं– अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद निश्काशन गर्ने भएको छ ।
कम्पनीको सोमबार (फागुन ७ गते ) बसेको सञ्चालक समितिको बैठकले एफपीओ निष्कासन स्थगन गर्ने प्रस्ताव विशेष साधारणसभामा लैजाने निर्णय गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले एफपीओ निष्कासन गरी १ : १ को अनुपातमा हकप्रद निष्कासन गर्ने प्रस्ताव सभामा लैजाने भएको हो ।
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ७२ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस