Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकले भन्यो—‘दैनिक कारोबारमा असर पर्दैन’

अर्थ संसार

सोमबार, १५ मंसिर २०८२, ०७ : २२ मा प्रकाशित

प्रभु बैंकले भन्यो—‘दैनिक कारोबारमा असर पर्दैन’

प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन र नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनिराम पोख्रेल प्रहरी नियन्त्रणमा गएपछि प्रभु बैंकले आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छ। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो ले दुवै शीर्ष अधिकारीलाई बैंकिङ् कसुरसम्बन्धी मुद्दामा मंसिर १४ गते पक्राउ गरेपछि बैंकले प्रेस विज्ञप्ति जारी गर्दै दैनिक सेवा संचालन प्रभावित नहुने स्पष्ट गरेको हो।

वरिष्ठतम कर्मचारी निरज लम्साल कार्यवाहक सीईओमा नियुक्त

बैंक सञ्चालक समितिले अधिकारिक रूपमा वरिष्ठतम कर्मचारी निरज लम्साललाई मंसिर १४ गतेदेखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “बैंकको दैनिक कार्य सञ्चालन, निरन्तर तथा प्रभावकारी रुपमा अघि बढाउन सञ्चालक समितिबाट श्री निरज लम्साललाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ।”

बैंकले सबै शाखाबाट सेवा निर्बाध रूपमा संचालन भइरहेको दाबी गर्दै ग्राहक तथा शेयरधनीलाई ढुक्क रहन आग्रह गरेको छ।

“निक्षेपकर्ता तथा शेयरधनीको हितमा नकारात्मक असर पर्दैन”

केन्द्रीय अनुसन्धान ब्यूरोले सीईओ शेरचन र डीसीईओ पोख्रेललाई ९८ करोड रुपैयाँ ठगीसम्बन्धी जाहेरीमा अनुसन्धानका लागि पक्राउ गरेको थियो। गत कात्तिक २२ गते सीआईबी टोलीले बिजुलीबजारस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात पनि नियन्त्रणमा लिएको थियो।

यस घटनापछि बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ—

“उक्त अनुसन्धानको कारणले बैंकको दैनिक कार्य सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ता, शेयरधनी तथा ग्राहकहरुको हितमा कुनै पनि नकारात्मक असर पर्ने अवस्था छैन।”

बैंकले वित्तीय स्थिरता, कारोबार सुशासन र ग्राहकको हित सुरक्षित रहेको दाबी गरेको छ।

सूचना अधिकारी रविन्द्र ढकालद्वारा जारी विज्ञप्तिमा बैंकले निक्षेपकर्ता, ग्राहक तथा शेयरधनीहरूबाट विगतझैँ विश्वास र सद्भाव प्राप्त हुने अपेक्षा व्यक्त गरिएको छ।

 

692cf16e099c0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको