Like us!
Follow us!
Connect us!
Watch us!

काँकरभिट्टाबाट चार महिनामा ६ अर्बको पेट्रोलियम पदार्थ आयात

अर्थ संसार

विहीबार, १८ मंसिर २०८२, ०६ : २३ मा प्रकाशित

काँकरभिट्टाबाट चार महिनामा ६ अर्बको पेट्रोलियम पदार्थ आयात

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट छ अर्ब रुपैयाँ भन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । चार महिनाको अवधिमा त्यहाँबाट ६ अर्ब २ करोड ७६ लाख ४५ हजार मूल्य बराबरको  पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टि«तेल आयात भएको हो । 

मेची भन्सार कार्यालयका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा ११ करोड ९२ लाख ५४ हजार अर्थात् २.०१ प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व २.९० प्रतिशत अर्थात् ८ करोड ४१ लाख २२ हजारले बढेको छ । 

चालु आवको चार महिनामा पेट्रोलियम पदार्थ आयातबाट २ अर्ब ९६ करोड ८१ लाख ४५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा ३ अर्ब १० करोड ५४ लाख मूल्य पर्ने ३५ हजार १५६ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी १ अर्ब ७४ करोड ६८ लाख मूल्य पर्ने १८ हजार ४०८ किलोलिटर डिजेल आयात भएको छ ।

यस्तै, उक्त चार महिनाको अवधिमा ८२ करोड ६३ लाख मूल्य पर्ने ८ हजार ५५७ मेट्रिक टन एलपी ग्यास, २६ करोड ३३ लाख मूल्य पर्ने २ हजार ९०८ किलोलिटर एटिएफ र ४ करोड ६१ लाख मूल्य पर्ने ५०८ किलोलिटर मट्टितेल आयात भएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको