Like us!
Follow us!
Connect us!
Watch us!

मुद्दती निक्षेपमा साढे ६ अर्ब बढी लगानी गर्दै केन्द्रीय बैंक

अर्थ संसार

शुक्रबार, २६ मंसिर २०८२, १५ : २९ मा प्रकाशित

मुद्दती निक्षेपमा साढे ६ अर्ब बढी लगानी गर्दै केन्द्रीय बैंक

नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा साढे ६ अर्ब भन्दा बढी लगानी गर्ने भएको छ । बैंकले ६ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने भएको हो । 

राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको ६ अर्ब ६० करोड रुपैयाँ बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको हो । बैंकले सूचना जारी गर्दै मंसिर २९ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न भनेको छ । कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ५ अर्ब २८ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ९९ करोड रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ३३ करोड रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ ।

यो लगानी सन् २०२५ डिसेम्बर १८ देखि २०२६ डिसेम्बर १८ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ ।

 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको