नेपाल इन्फ्रान्स्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले सेयरधनी आइएमई लिमिटेडले आफ्नो स्वामित्वमा रहेको १० लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
हाल यो सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन् भने शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १५० रुपैयाँ तोकिएको छ । सेयर खरीद गर्न चाहने विद्यमान सेयरधनीले सम्पूर्ण कित्ताका लागि आवेदन दिनु पर्ने भएकाले यो सेयर किन्न कम्तीमा १६ करोड २० लाख रुपैयाँ लाग्नेछ ।
सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको बानेश्वरस्थित बैंकको रजिष्टर्ड कार्यालयको कानून विभागमा लिखित निवेदन दिनु पर्नेछ । तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरू निवेदन प्राप्त नभएको खण्डमा सो सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस