Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई लाइफले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

अर्थ संसार

मंगलबार, ०१ पुस २०८२, ०८ : ०२ मा प्रकाशित

आइएमई लाइफले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ९ औँ वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले पुस २४ गते बिहीबार काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा बिहान १० बजे साधारणसभा गर्ने निर्णय गरेको हो । 

धारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पुँजीको १०.५२६३२ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

त्यसैगरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्चहरू अनुमोदन गर्ने र नियमनकारी निकायबाट कुनै निर्देशन वा सुझाव आएमा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पुस ९ गतेसम्म यस कम्पनीको सेयर खरीद गर्ने सेयरधनीहरू मात्रै सो सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको