Like us!
Follow us!
Connect us!
Watch us!

सम्झौताअनुसार काम नगरेको भन्दै चिनियाँ कम्पनीसहित ११ निर्माण कम्पनी कालोसूचीमा

अर्थ संसार

मंगलबार, ०१ पुस २०८२, १२ : ०४ मा प्रकाशित

सम्झौताअनुसार काम नगरेको भन्दै चिनियाँ कम्पनीसहित ११ निर्माण कम्पनी कालोसूचीमा

सम्झौताअनुसार काम नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले एक चिनियाँ कम्पनीसहित ११ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयका अनुसार सार्वजनिक खरिद ऐन २०६३ को उपदफा (१) बमोजिम मंगलबार ती कम्पनीमाथि कारबाही गरिएको हो।

तीमध्ये जिन्यु टेक्नोलोजिज कम्पनी लिमिटेड नामक चिनियाँ कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ। नेपाल टेलिकमसँग भएको प्रविधिसम्बन्धी ठेक्कामा सम्झौताअनुसार काम नगरेपछि नेपाल टेलिकमको सिफारिसमा उक्त कम्पनीलाई कालोसूचीमा समावेश गरिएको कार्यालयले जनाएको छ।

यसैगरी, दुई वर्षका लागि कालोसूचीमा पर्नेमा सर्लाहीस्थित एक निर्माण कम्पनी र सिन्धुपाल्चोकमा पूर्वाधार ठेक्कामा काम नगरेको एक संयुक्त उपक्रम (जेभी) रहेका छन्। एससान परिशा जेभीलाई हेलम्बु गाउँपालिकाले कारबाहीका लागि सिफारिस गरेको हो। उक्त जेभीमा दीपक न्यौपानेको परिशा एण्ड कम्पनी र नयन माझीको एसएसएएन कन्स्ट्रक्सन प्रालि साझेदार छन्। एक वर्षका लागि कालोसूचीमा परेका कम्पनीहरूमा रौतहटको दिलिप कन्स्ट्रक्सन, काठमाडौँको न्यु डीपी निर्माण सेवा, कोजु इन्जिनियरिङ एण्ड बिल्डर्स, बाँकेको मुस्कान अर्डर एण्ड सप्लायर्स, बी एण्ड बी कन्स्ट्रक्सन, डोल्पाको कार्की निर्माण सेवा, यु एण्ड आइ निर्माण सेवादिनकर कन्स्ट्रक्सन रहेका छन्।

यसैगरी, काठमाडौँको बबरमहलस्थित तुलसीराम कोजुको कम्पनी कुजु कन्स्ट्रक्सनलाई दार्चुलाको मार्मा गाउँपालिकाको सिफारिसमा कालोसूचीमा राखिएको हो। लालबाबु प्रसाद यादवको स्वामित्वमा रहेको दिलिप कन्स्ट्रक्सनलाई भने बाराको परवानीपुरस्थित बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजनाको सिफारिसमा कारबाही गरिएको कार्यालयले जनाएको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको