वर्गिकरणः माइक्रोफाइनान्स
पछिल्लो व्यापार मूल्यः रू. ३२९०
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. ४१४०
५२ हप्ताको न्यून व्यापार मूल्यः रू. १०५१
१८० दिनको भारित औसत मूल्यः रू. ३४९३.१८
कम्पनीका महत्वपूर्ण अनुपात
व्यवस्थापन समूहः
अध्यक्षः भगवती चौधरी
प्रमुख कार्यकारी अधिकृतः आशनारायण चौधरी
प्रधान कार्यलयः दुहवी, सुनसरी
वेबसाइटः www.forwardmfbank.com.np
शाखाः ९७
स्टक सङ्केतः एफ्ओडब्लुएडी
बैङ्कका महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा)
महत्वपूर्ण अनुपात
आधारभूत विश्लेषण
बैङ्कको दोस्रोे त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दाः
-
चुक्तापूँजीको तुलनामा खुद नाफा १ सय ४ दशमलव ८६ प्रतिशतबाट घटेर ७२ दशमलव ७२ प्रतिशतमा सिमित भएको छ । पुस मसान्तसम्ममा बैङ्कको लगानी रू. २० लाख रहेको छ ।
-
कम्पनीले दोस्रो त्रैमाससम्ममा रू. २ अर्ब ७७ करोड निक्षेप सङ्कलन गरी रू. ६ अर्ब ४९ करोड कर्जा प्रवाह गरेको छ भने जगेडा कोषको रकम रू. ७० करोड २९ लाख रहेको छ ।
-
खुद ब्याज आम्दानी रू. ३१ करोड ५, कर्मचारी खर्च रू. १० करोड ७९ लाख, अन्य सञ्चालन खर्च रू. २ करोड ८९ लाख र सञ्चालन नाफा रू. २२ करोड ८५ लाख पुगेको छ ।
-
कम्पनीको स्थिर सम्पत्ति रू. ९ करोड ५ लाख र अन्य सम्पत्ति रू. १५ करोड ४१ लाख रहेको छ ।
-
कम्पनीको पूँजीकोष लागत (वार्षिक) १० दशमलव ७९ प्रतिशत र पुँजीकोष पर्याप्तता १२ दशमलव ९८ प्रतिशत रहेको छ ।
-
कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रोे त्रैमासको वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी ७२ रूपैयाँ ७२ पैसा र प्रतिशेयर नेटवर्थ ४ सय ५१ रुपैयाँ ४५ पैसा रहेको छ ।
-
बिहीवार भएको शेयर कारोबार विवरणः
प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषण
२३ नोभेम्बर २०१७ २२ फेब्रअरी २०१८
स्ट्याण्डर्ड डेभिएशन
२३ नोभेम्बर २०१७ २२ फेब्रअरी २०१८
आरएसआई
२३ नोभेम्बर २०१७ २२ फेब्रअरी २०१८
मुभिङ एभरेज
२३ नोभेम्बर २०१७ २२ फेब्रअरी २०१८
-
मैनबत्ती विश्लेषणः कम्पनीको ५७ दिनको कारोबारमा अन्तिम दिनमा कालो मैनवत्ति आकृती बनेको छ । यस आकृतीले कम्पनीको आगामी दिनमा शेयर मूल्य घट्ने सङ्केत देखाउँछ ।
-
आरएसआईः कम्पनीको ५७ दिनको कारोबारमा आरएसआई न्यूट्रल जोन (४५ दशमलव २९ बिन्दुमा) छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।
-
स्ट्याण्डर्ड डेभिएशनः कम्पनीको ५७ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएशन ३९ दशमलव ७९ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ ।
-
मुभिङ एभरेजः बैङ्कको ५७ दिनको कारोबारमा २६ दिने र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा तल छ । हालको मूल्य रू. ३ हजार २ सय ९० देखि बजारको अवस्था परीवर्तन भई मूल्य मंहगिएमा रू. ३ हजार ३ सय ९५ मा प्रतिरोध पाउन सक्छ भने सस्तिएमा रू. ३ हजार २ सय ७० मा टेवा पाउन सक्छ ।
प्रतिक्रिया दिनुहोस