Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुको मुद्दति निक्षेपमा करिब सवा ४ अर्ब लगानी गर्दै राष्ट्र बैंक

अर्थ संसार

बुधबार, ०२ पुस २०८२, १५ : ५५ मा प्रकाशित

बैंकहरुको मुद्दति निक्षेपमा करिब सवा ४ अर्ब लगानी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंकहरूको मुद्दति निक्षेपमा करिब सवा ४ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकका विभिन्न कोषमा रहेको ४ अर्ब २४ करोड ४६ लाख रुपैयाँ रकम बैंकहरूको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो।

यसका लागि पुस ४ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ। कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ३ अर्ब ३९ करोड ५८ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ६३ करोड ६६ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा २१ करोड २२ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।

यो लगानी सन् २०२६ जनवरी १ देखि २०२७ जनवरी १ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको