अर्थमन्त्रालयले रिलायन्स स्पीनिङ मिल्सको आईपीओ सम्बन्धमा छानबिन गर्ने नेपाल धितोपत्र बोर्डलाई पत्र काटेको छ । मन्त्रालयले रिलायन्सले बुक बिल्डिङ्गबाट निष्कासन गरी रहेको आईपीओ बारे उठेको प्रश्नमा ध्यानाकर्षण भएको भन्दै छानबिन गरी आवश्यक कारबाही गर्ने निर्देशन दिएको हो ।
‘रिलायन्स स्पीनिङ मिल्सको सेयर बूक विल्डिङ्ग प्रक्रिबाट निस्काशन गर्ने सम्बन्धमा भएका काम कारवाही तथा तहाँसँग सम्बन्धित अन्य विषयहरुमा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार उपर मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ । संलग्न उजुरी समेतमा उठाइएका विषयहरु सम्वन्धमा छानविन गरी आवश्यक कारवाही गर्नुहुन र सोको जाकारी मन्त्रालयमा पठाउनु हुन मिति २०८२/८/२९ को राजस्व सचिव स्तरको निर्णय अनुसार पाना ५ संलग्न राखि अनुरोध छ,’ पत्रमा भनिएको छ ।
पत्रसँगै मन्त्रालयले कम्पनीलाई आईपीओ निश्कासन गर्न दिंदा धितोपत्र बोर्डले सेटिङ गरेको र केही उच्च अधिकारीले घूससमेत लिएको उजुरीहरु माथि समेत छानबिन गर्ने भनेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस