Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैकद्वारा स्वास्थ्य केन्द्रहरुमा वाटर प्युरिफायर तथा डिस्पेन्सर सहयोग

अर्थ संसार

विहीबार, ०३ पुस २०८२, १७ : २९ मा प्रकाशित

कामना सेवा विकास बैकद्वारा स्वास्थ्य केन्द्रहरुमा वाटर प्युरिफायर तथा डिस्पेन्सर सहयोग

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत झापा स्थित दमक नगरपालिका वडा नं. ५ स्थित आधारभूत स्वास्थ्य केन्द्रलाई तथा कमल गाउँपालिका वडा नं. ५ स्थित सामुदायिक स्वास्थ्य केन्द्र सिम्लेलाई १/१ थान वाटर प्युरिफायर र डिस्पेन्सर हस्तान्तरण गरेको छ ।

बैंकका कोशी प्रदेश प्रमुख खिम लाल भुसालले दमक नगरपालिका ०५ का वडा अध्यक्ष इन्द्र गुरुङलाई तथा कमल गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष लाल बहादुर बिष्टलाई १/१ थान वाटर प्युरिफायर र डिस्पेन्सर हस्तान्तरण गरेका छन् । बैंकको यस सहयोगबाट वडामा सेवा लिन आउने सबैजना लाभान्वित हुने विश्वास वडा अध्यक्ष गुरुङ तथ बिष्टले बताए ।

साथै, यस्तो परोपकारी कार्यक्रम गरेकोमा बैंकलाई धन्यवाद पनि ज्ञापन गरे । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, वडा अध्यक्ष तथा वडा कार्यालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको