Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा रिलायन्स लाइफले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

अर्थ संसार

विहीबार, ०३ पुस २०८२, ०८ : १६ मा प्रकाशित

सानिमा रिलायन्स लाइफले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले पुस २४ गते बिहीबार काठमाडौंको बाँसबारीस्थित शुभ इभेन्ट्समा बिहान ११ बजे नवौं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । 

साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ । त्यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

त्यसैगरी स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, गत संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने र नियमनकारी निकायबाट कुनै निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यो आधारमा नेप्सेमा पुस ९ गतेसम्म कायम सेयरधनीहरू मात्रै सो सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको