Like us!
Follow us!
Connect us!
Watch us!

एमाले महाधिवेशनमा ज्योति मगरसँग देखिए ओली (तस्बिरहरू)

अर्थ संसार

बुधबार, ०२ पुस २०८२, १३ : १० मा प्रकाशित

एमाले महाधिवेशनमा ज्योति मगरसँग देखिए ओली  (तस्बिरहरू)

नेकपा एमालेको ११ ‍औं महाधिवेशन केही दिनदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी छ। एमाले महाधिवेशनमा दुई समूहबीच चुनावी प्रतिस्पर्धा भइरहेको छ। नेतादेखि कलाकारसम्म आफ्ना उम्मेदवारका पक्षमा मतदान गर्न आग्रह गरिरहेका  छन्।

एमालेको महाधिवेशनमा गायिका ज्योति मगर पनि  प्रचारमा खटिएकी छन्। मतदानका दिन पनि मगर एमाले महाधिवेशन स्थल पुगेर एमालेका नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग तस्बिर खिचाएकी छन्। महाधिवेशनस्थलमा उनीसँग एमालेका नेताकार्यकर्ताले तस्बिर खिचाइरहेका दृश्य सामाजिक सञ्जालमा पोस्ट गरिएका छन्। 

एमालेको ११ औंमहाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि मतदान भइरहेको छ। काठमाडौँको भृकुटीमण्डपमा एमाले नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिनमा मतदान भइरहेको हो। १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ उम्मेदवार प्रतिस्पर्धामा छन् भने दुई हजार २६३ प्रतिनिधि छन्।

पार्टीको अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको