साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर कारोबार भएको छ । अघिल्ला दुई दिन लगातार सामान्य बढेको सेयर बजार आज भने १०.६६ अंकले घटेर २६१५.०३ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १९४ कम्पनीको सेयर मूल्य घटेको छ भने ६३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । त्यस्तै आज २ कम्पनीको सयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.६३ अंकले घटेर ४५०.२२ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये १० वटा उपसूचकको सेयर मूल्य घटेको छ भने ३ वटाको मात्रै बढेको छ ।
परिसूचक घटेको दिन बजारमा साढे ४ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३२९ कम्पनीका १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता सेयर ६४ हजार २९ पटक खरिद बिक्री हुँदा ४ अर्ब ५७ करोड ७८ लाख २७ हजार ९०३ रुपैयाँको कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस