आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा रहेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा उच्च अदालत पाटनले यसअघि गरेको फैसला झिकाउने आदेश दिइएको छ । खगेन्द्रराज कँडेलले अर्थ मन्त्रालय नेपाल धितोपत्र बोर्डलगायतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमा सर्वोच्चले उच्च अदालत पाटनले रिलायन्सको पक्षमा गरेको फैसलासहितको मिसिल झिकाउन आदेश दिएको हो ।
रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने क्रममा गडबडी गरेको दाबी गर्दै लगानीकर्ताले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा उच्च अदालतले कम्पनीको पक्षमा फैसला गरेपछि असन्तुष्ट सेयर लगानीकर्ताहरू सर्वोच्च अदालत पुगेका हुन् ।
हाल नेपाल धितोपत्र बोर्डले रिलायन्सको आईपीओ प्रक्रिया अगाडि बढाइसकेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बिक्री तथा बाँडफाँटसमेत गरिसकेको छ । रिलायन्सले गत मंसिर २२ गतेदेखि २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीले अब पुस ७ गेतबाट आम सर्वसाधारणका लागि आईपीओ जारी गर्दैछ । प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा मूल्यो यो आईपीओ नेपालको हालसम्मकै सबै भन्दा बढी मूल्यको आईपीओ हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस