नेपाल स्टक एक्सचेनज(नेप्से)मा रिभर फल्स पावर र शिव श्री हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत भएको छ । रिभर फल्स पावरको ७० लाख कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सेयर सूचीकृत गरिएको हो ।
त्यस्तै ,शिव श्री हाइड्रोपावरको १ करोड ४७ लाख ६४ हजार कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले सेयरधनिलाई जारी गरेको १०० प्रतिशत सेयर सूचिकृत गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस