Like us!
Follow us!
Connect us!
Watch us!

बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी - घरजग्गामा मात्रै करिब तीन खर्ब

अर्थ संसार

शुक्रबार, ०४ पुस २०८२, १३ : २९ मा प्रकाशित

बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी  - घरजग्गामा मात्रै करिब तीन खर्ब

चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले करिब ३ खर्ब रुपैयाँ घरजग्गा कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुले २ खर्ब ७४ अर्ब ९४ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । 

हाल सञ्चालनमा रहेका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीसहितका  ५४ वटा संस्थाले घरजग्गा क्षेत्रमा उक्त कर्जा प्रवाह गरेका हुन् । पछिल्लो समय सुस्ताएको रियलस्टेट क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जा लगानी गरेका हुन् । यो अवधिमा बैंक तथा वित्तय संस्थाले कुल ७५ खर्ब २० अर्ब २४ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ५६ खर्ब ३३ अर्ब ४६ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो अवधिमा रियलस्टेट क्षेत्रमा प्रवाह भएको कर्जा गत आवको सोही अवधिको तुलनामा ६ अर्ब १० करोड १० लाख रुपैयाँले मात्र बढी हो । गत आवको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले यस्तो कर्जा २ खर्ब ६८ अर्ब ८४ करोड २० लाख रुपैयाँ थियो । उक्त वर्ष बैंक वित्तले ६६ खर्ब ४४ अर्ब २३ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ५२ खर्ब ८० अर्ब २८ करोड ८० लाख रुपैयाँ कुल कर्जा प्रवाह गरेका थिए ।

केन्द्रीय बैंकको तथ्यांक अनुसार वाणिज्य बैंकहरूले मात्र चालू आवको कात्तिक मसान्तसम्म कुल ६७ खर्ब ६३ अर्ब ४६ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ५० खर्ब ९ अर्ब ४ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा घरगग्गा क्षेत्रमा मात्र कुल २ खर्ब २५ अर्ब ९१ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिमा ५ करोड ९० लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले कुल ५९ खर्ब ७ अर्ब १६ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी ४६ खर्ब ७० अर्ब ६३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा घरजग्गा क्षेत्रमा मात्र कुल २ खर्ब २५ अर्ब ९७ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

त्यस्तै विकास बैंकहरूले पनि चालू आवको कात्तिक मसान्तसम्ममा कुल ६ खर्ब २१ अर्ब ५३ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी ५ खर्ब २१ अर्ब १६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा घरजग्गा क्षेत्रमा मात्र कुल ३७ अर्ब २३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा ५ अर्ब २१ करोड २० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले कुल ६ खर्ब ३ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ खर्ब ७ अर्ब ६३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा घरजग्गा क्षेत्रमा ३२ अर्ब २ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरूले भने चालू आवको कात्तिक मसान्तसम्म कुल १ खर्ब ३५ अर्ब २५ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३ अर्ब २५ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा घरजग्गा क्षेत्रमा ११ अर्ब ७८ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा ९४ करोड ७० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले १ खर्ब ३३ अर्ब ७२ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २ अर्ब १ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा घरजग्गा क्षेत्रमा मात्र कुल १० अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको