नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन आज तोलामा १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ । यससँगै आज सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३ सय रुपैयाँ कायम भएको हो।
गत शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ५८ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्यले भने नयाँ रेकर्ड बनाएको छ । आज चाँदी तोलामा १०० रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४१ सय ५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ४ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस