Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, आजै शपथ

सोमबार, १४ फागुन २०७४, ०९ : २० मा प्रकाशित

मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, आजै शपथ

अर्थ संसार, काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिने तयारी गरेका छन् ।

एमाले र माओवादी केन्द्र दुवै दलका तर्फबाट मन्त्री हुनेको टुंगो सोमबार बिहानसम्म लगाएर दिउँसो शपथ गराउने योजना छ ।

मन्त्रीका आकांक्षी धेरै भएपछि दुवै दलका अध्यक्षलाई नाम छनोट गर्न समस्या परेको हो । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार पनि मन्त्री छनोट र मन्त्रालयबारे छलफल भएको थियो ।

‘सोमबार दिउँसो मन्त्रीहरूको शपथ हुने सम्भावना छ, अब मन्त्रिपरिषद्ले पूर्णता पाउँछ,’ एमाले महासचिव ईश्वर पोखरेलले भने, ‘पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीले व्यक्तिहरूको टुंगो लगाउनु हुनेछ ।’

सरकारले प्रधानमन्त्री कार्यालयसहित १८ वटा मात्रै मन्त्रालय राख्ने निर्णय गरेको छ । भागबन्डाअनुसार एमालेले प्रधानमन्त्रीबाहेक १० र माओवादीले ७ मन्त्रालय लिने तयारी छ । संघीय समाजवादी फोरमलाई पनि सरकारमा सामेल गराउने प्रयास जारी छ ।

फोरम सरकारमा सामेल भए दुई दलकै कोटाबाट मिलाएर मन्त्रालय दिइने एक नेताले बताए । एमालेले अर्थ, रक्षा, परराष्ट्र, भौतिक योजना, सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसंख्यालगायतका मन्त्रालय लिने तयारीमा छ । त्यस्तै माओवादीले गृह, जलस्रोत तथा ऊर्जा, वन तथा वातावरणलगायतका मन्त्रालय लिने सम्भावना छ ।

फोरम अध्यक्ष उपेन्द्र यादव सरकारमा आउँदा उनले परराष्ट्र मन्त्रालय लिने सम्भावना छ । वाम गठबन्धनको समर्थनमा यही फागुन ३ गते ओली प्रधानमन्त्री बनेका थिए । दुई दलबीच पदीय भागबन्डा र मन्त्रालय संख्या निर्धारणमा ढिलाइ भएकाले प्रधानमन्त्री नियुक्त भएको १० दिनसम्म पनि सरकार विस्तार हुन सकेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको