नेपालमा बैंक तथा वित्तीय क्षेत्रलाई आधुनिक र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित नियो बैंक स्थापना गर्न अनुमति दिन राष्ट्र बैंकलाई कार्यदलले सुझाव दिएको छ । पारदर्शी मापदण्डको आधारमा नियो बैंकसहित अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरूलाई नेपालमा शाखा खोल्न वा संयुक्त लगानीमा बैंक स्थापना गर्न प्रेरित गर्नुपर्ने कार्यदलको निष्कर्ष छ ।
कार्यदलको प्रतिवेदनअनुसार नियो बैंक वा विदेशी बैंकका शाखा खोल्नेसम्बन्धी निवेदन अध्ययन तथा निर्णय गर्ने अधिकार हालको वर्गीकरण समितिलाई नै दिनु उपयुक्त हुने उल्लेख गरिएको छ । यसले निर्णय प्रक्रियालाई सरल, पारदर्शी र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ । कार्यदलले स्पष्ट मापदण्ड र प्रभावकारी नियमनबिना बैंक तथा वित्तीय संस्थालाई अनुमति दिँदा विगतमा विभिन्न संस्थाहरूमा देखिएको खराब व्यवस्थापनको अवस्था दोहोरिन सक्ने चेतावनी पनि दिएको छ । कमजोर सुशासन, अपर्याप्त नियमन र जोखिम व्यवस्थापनको अभावका कारण दीर्घकालीन रूपमा सञ्चालन हुनुपर्ने संस्थाहरू छोटो समयमै समस्याग्रस्त बन्ने खतरा रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाहरू सयौं वर्षसम्म सञ्चालन हुने गरी संरचना र नीति निर्माण हुनुपर्नेमा निष्कर्स छ । नियो बैंकजस्ता प्रविधिमैत्री संस्थाहरूले वित्तीय समावेशिता बढाउने, लागत घटाउने र सेवाको गुणस्तर सुधार गर्ने अपेक्षा गरिए पनि त्यसका लागि राष्ट्र बैंकले कडा तर व्यावहारिक नियमन, स्पष्ट मापदण्ड र निरन्तर अनुगमन गर्नुपर्ने सुझाव कार्यदलले दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस