Like us!
Follow us!
Connect us!
Watch us!

६ करोड माथि पुगे बैंक तथा वित्तीय संस्थाका निक्षेप खाता, कर्जा खाता २० लाखभन्दा कम

अर्थ संसार

विहीबार, १० पुस २०८२, ११ : ४१ मा प्रकाशित

६ करोड माथि पुगे बैंक तथा वित्तीय संस्थाका निक्षेप खाता, कर्जा खाता २० लाखभन्दा कम

बैंक तथा वित्तीय संस्थाहरुको कुल खाता ६ करोड ८ लाख नाघेको छ । गत कात्तिक मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीसहितका ५४ वटा संस्थाहरूमा कुल निक्षेप खाता संख्या ६ करोड ८ लाख नाघेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा भने यस्तो खाता संख्या पाँच करोड ७२ लाख २६ हजार ३०३ वटा मात्र थियो । कात्तिक मसान्तसम्ममा वाणिज्य बैंकहरूमा मात्र कुल निक्षेप खाता पाँच करोड २२ लाख १४ हजार एक सय ७९ वटा छ । गत आवको सोही अवधिमा चार करोड ९० लाख ४३ हजार तीन सय ९१ वटा मात्र यस्तो संख्या थियो । त्यसैगरी विकास बैंकहरूमा कुल निक्षेप खाता पछिल्लो अवधिमा ७६ लाख १५ हजार एक सय सातवटा पुगेको छ । गत आवका सोही अवधिमा विकास बैंकहरूमा कुल ७२ लाख ५९ हजार छ सय ४२ वटा मात्र निक्षेप खाताहरू सञ्चालनमा रहेका थिए । फाइनान्स कम्पनीहरूमा सञ्चालनमा रहेको कुल निक्षेप खाताको संख्या पनि पछिल्लो अवधिमा १० लाख ४१ हजार आठ सय ४७ वटा पुगेको छ । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूमा कुल नौ लाख २३ हजार दुई सय ७० वटा मात्र निक्षेप खाताहरू सञ्चालनमा रहेका थिए ।

राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रमा सञ्चालनमा रहेको कुल निक्षेप खाताको संख्या छ करोड नाघे पनि कुल कर्जा खाताको संख्या भने २० लाखभन्दा कम रहेको छ । सोअनुसार चालू आवको कात्तिक मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूमा सञ्चालनमा रहेको कुल कर्जा खाताको संख्या १९ लाख ९४ हजार नौ सय १२ वटा रहेको छ । गत आवको सोही अवधिमा भने बैंकिङ क्षेत्रमा कुल १९ लाख १८ हजार नौ सय २६ वटा कर्जा खाताहरू सञ्चालनमा रहेका थिए ।

बैंकिङ क्षेत्रमा सञ्चालनमा रहेको कुल कर्जा खाता संख्यामध्ये वाणिज्य बैंकहरूमा मात्र सञ्चालनमा रहेको कुल कर्जा खाताको संख्या पछिल्लो अवधिमा १६ लाख ५५ हजार दुई सय ८० पुगेको छ । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूमा १५ लाख ९५ हजार छ सय ४५ वटा मात्र कर्जा खाताहरू सञ्चालनमा रहेका थिए । विकास बैंकहरूमा भने चालू आवको कात्तिक मसान्तसम्ममा कुल दुई लाख ६६ हजार पाँच सय ४६ वटा कर्जा खाताहरू सञ्चालनमा रहेका छन् । गत आवको सोही अवधिमा विकास बैंकहरूमा कुल दुई लाख ५९ हजार पाँच सय २७ वटा कर्जा खाताहरू सञ्चालनमा रहेका थिए । यसैगरी फाइनान्स कम्पनीहरूमा भने चालू आवको पछिल्लो अवधिमा कुल ७३ हजार ८६ वटा कर्जा खाताहरू सञ्चालनमा रहेका छन् । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूमा सञ्चालनमा रहेको यस्तो कर्जा खाता संख्या ४३ हजार सात सय ५४ वटा मात्र रहेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको