Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्तले बिना धितो ऋण दिदा गरिबी घट्नमा सहयोग पुग्यो - उपाध्यक्ष श्रेष्ठ

अर्थ संसार

शुक्रबार, ११ पुस २०८२, १४ : ४९ मा प्रकाशित

लघुवित्तले बिना धितो ऋण दिदा गरिबी घट्नमा सहयोग पुग्यो - उपाध्यक्ष श्रेष्ठ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.प्रकाशकुमार श्रेष्ठले बिना धितो ऋण दिने लुघवित्त संस्थाहरुले गर्दा गरिबी घट्नमा सहयोग पुगेको बताएका छन् । शुक्रवार राजधानीमा आयोजित वागमती प्रदेश लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दै उनले लघुवित्तले बिना धितोमा कर्जा प्रवाह गरेर गरिबी हटाउन महत्वपूर्ण भुमिका खेलेको बताएका हुन् ।

उनकाअनुसार लघुवित्तले मुलुकको गरिबीलाई घटाउन ठूलो भुमिका खेलेको छ । लघुवित्तमार्फत महिलालाई वित्तीय स्रोत दिएर उनीहरुलाई सक्षम बनाएको समेत श्रेष्ठले बताए । उपाध्यक्ष श्रेष्ठले लघुवित्तका कारण वित्तीय पहुँच बढेको बताउँदै राजनीति स्वार्थ पुरा गर्न लघुवित्तलाई बदनाम गरिएको समेत बताए । तर अहिले स्थीति सामान्यकरण भइसकेको उनको भनाइ छ । ‘नेपालमा समस्याहरु छन् । नेपालमा समस्या नभएको ठाउँ नै छैन । यति धेरै समस्या छन् समस्या सुन्दा सुन्दै समस्या पुराण जस्तो छ र यति धेरै समस्याको हामीले नै समाधान गर्नुपर्छ । कसैले समाधान गरिँदैन । लघुवित्त संस्थामा पनि विगतमा तिब्र विस्तार भयो, त्यससँगै केही समस्या सिर्जना भए । अहिले अलि मत्थरसँगै सुदृढीकरण पनि भएको छ । त्यो अनुसार अझ नयाँ ढंगले अघि बढ्नुपर्ने स्थीति पनि छ । ३० वर्षअघि जुन अवस्था थियो, त्यो भन्दा धेरै अघि बढिसकेका छौं । समाज परिवर्तन भएको छ । बसाइसराइ तिव्र छ । गाउँबाट शहर हुँदै विदेश तिर बसाइसराइ छ । समाजमा धेरै परिर्वतन आएको छ गरिबी पनि घटेको छ । त्यसमा लघुवित्तको भुमिकालाई नकार्न मिल्दैन । लघुवित्तले गरिबी हटाउन राम्रो भूमिका खेलेको छ । तीन वर्ष अघिसम्म कुनै बेला १०० जना जम्मा हुँदा ५० जना गरिब थियौँ । अहिले नयाँ मापदण्ड अनुसार १०० मा २० जना जति गरिब छौं । पुरानैलाई आधार मान्ने हो भने पनि अहिले हामी ४ प्रतिशतको गरिबीमा झरेका छौं । अहिले हामीलाई मोबाइल फोन भएन भने गरिब हुने स्थिति छ । हिजो मोबाइल फोन चाहिँदैन्थ्यो । अहिलेका हाम्रा आवश्यकताहरु विस्तारै परिवर्तन भएका छन् । सुचनाप्रविधिको विकासले सहयोग गरेको छ । उपभोग गर्ने शैली पनि बढाएको छ । हामी दक्षिण एशियामा गरिबीको सुधार गर्ने देशमा पछौँ । हाम्रो मानव विकास सूचांकमा पनि सुधार भएको छ । त्यति हुँदाहुँदै पनि हामी सन्तोष छैनौँ । राजनीतिक अस्थीरताले हामीलाई धेरै गाँजेको अवस्था छ । लघुवित्तमार्फत महिलालाई वित्तीय स्रोत बढेको छ । वित्तीय पहुँच बढेको छ । बिना धितो ऋण दिने कुनै संस्था छ भने लुघवित्त संस्था हो । अरु संस्थाले कमै दिन्छन् । बीचमा केही विकृति विसँगती आए । अहिले केही राजनीति उद्देश्यले केही भड्काउन गर्ने काम पनि भएको छ । लघुवित्तका सदस्यहरु चनाखो हुनुपर्छ,’ उनले भने । 

उनले हरेक क्षेत्रमा समस्या रहेकाले सम्बोधन गर्ने काम राज्यको भएकाले समाधान गर्दै जाने समेत प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले लघुवित्तले वित्तीय पहुँचदेखि वित्तीय समावेशीकरणमा महत्वपूर्ण भुमिका खेलेको बताए । उनकाअनुसार महिला सशक्तिकरण, वित्तिय साक्षरता, रोजगारी सिर्जनामा पनि लघुवित्तले योगदान दिइरहेको छ । ग्रामिण क्षेत्रको अर्थतन्त्र चलायमान बनाउन, ग्रामिण क्षेत्रमा रोजगारी सिर्जना गराउन लघुवित्तले ठूलो भुमिका खेलेको बताउँदै लघुवित्तमा रहेका समस्याहरु हल गर्दै जानुपर्नेमा जोड दिए ।

यादवले भने–‘लघुवित्तले वित्तीय पहुँचदेखि वित्तीय समावेशीकरणमा महत्वपूर्ण भुमिका खेलेको छ । महिला सशक्तिकरण, वित्तीय साक्षरता, रोजगारी सिर्जनामा पनि लघुवित्तले योगदान दिइरहेको छ । ग्रामिण क्षेत्रको अर्थतन्त्र चलायमान बनाउन, ग्रामिण क्षेत्रमा रोजगारी सिर्जना गराउन लघुवित्तले ठूलो भूमिका खेलेको छ । जो व्यक्तिसँग धितो दिने क्षमता छैन, अन्य बैंकबाट सेवा लिने अवस्था नभएकालाई वित्तीय, गैर वित्तीय सेवा लघुवित्तले दिएको छ ।’ लघुवित्तलाई परेका समस्यालाई राज्यले गम्भीर रुपमा हेर्नुपर्नेमा उनको जोड थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको