Like us!
Follow us!
Connect us!
Watch us!

उपेन्द्र यादव सरकारमा जाने

सोमबार, १४ फागुन २०७४, १४ : १९ मा प्रकाशित

उपेन्द्र यादव सरकारमा जाने

अर्थ संसार, काठमाडौं– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारमा जान सहमत भएका छन्।

बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सोमबार बिहान भएको वार्तापछि यादव सरकारमा आउन सहमत भएका हुन्।

सरकारमा जाने सहमतिबारे साथीहरूसँग छलफल गरेर फर्किने भन्दै केहीबेरअघि  यादव बालुवाटारबाट  निस्किएको बालुवाटार स्रोतले बतायो।

फोरम सरकारमा सहभागी हुन दुई मन्त्रालय पाउनु पर्ने माग राखेको छ। तर मन्त्रालयको टुङ्गो लागि नसकेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए। उपेन्द्र यादव आफैं परराष्ट्रमन्त्रीको रूपमा सरकारमा सहभागी हुने लगभग सहमति भएको छ।

एमालेबाट आज ईश्वर पोखरेल र युवराज खतिवडा तथा माओवादीबाट रामबहादुर थापा ‘बादल’ र मातृका यादवले सपथ लिने सम्भावना छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको