Like us!
Follow us!
Connect us!
Watch us!

श्रम संस्कृति पार्टी कोही कसैसँग मिल्दैन - हर्क साम्पाङ

अर्थ संसार

आइतबार, १३ पुस २०८२, १२ : १७ मा प्रकाशित

श्रम संस्कृति पार्टी कोही कसैसँग मिल्दैन - हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टीले कुनै पनि दलसँग एकता नगर्ने स्पष्ट गरेका छन्। सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले श्रम संस्कृति पार्टीले मिसावटको राजनीति नगर्ने अडान बताएका हुन्।

‘अहिले चुनावको माहोल छ । धेरैले धेरै खालका कुरा गरिरहेका छन् । जसलाई जोसँग मिल्नुछ, मिल्दा हुन्छ । श्रम संस्कृति पार्टी कोही कसैसँग मिल्दैन,’ उनले भनेका छन्, ‘श्रम संस्कृति पार्टीले मिसावट विनाको राजनीतिक गर्छ । यो देशको ढुंगाको, माटोको राजनीति गर्छ । श्रम संस्कृति पार्टीले देशको स्वदेशी विचार, मौलिक पनको राजनीति गर्छ ।’

उनले कसैसँग एकता गर्छ कि भनेर नअलमलिन कार्यकर्ता र शुभेच्छुकलाई आग्रह गरेका छन् । ‘धेरैले यस्तोसँग मिल्छ कि उस्तोसँग मिल्छ कि भनेर अडकल गरिरहेका छन् । जो जोसँग मिले पनि हुन्छ । हामी कसैसँग मिल्दैनौं ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको