Like us!
Follow us!
Connect us!
Watch us!
अर्थ मन्त्रीमा डा.युवराज खतिवडा

सरकार विस्तार : चार मन्त्रीले लिए सपथ

सोमबार, १४ फागुन २०७४, १७ : ०३ मा प्रकाशित

सरकार विस्तार : चार मन्त्रीले लिए सपथ

अर्थ संसार, काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनियताको सपथ गराउनु भएको छ ।

राष्ट्रपति कार्यालय शितल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा आज पद तथा गोपनियताको सपथ गराउनुभएको हो ।

आज पद तथा गोपनियताको शपथ लिने मन्त्रीमा इश्वर पोखरेल, रामबहादुर थापा, मातृका यादव र डा युवराज खतिवडा हुनुहुन्छ ।

पोखरेल रक्षा, थापा गृह, यादव उद्योग वाणिज्य तथा आपूर्ति र डा खतिवडा अर्थ मन्त्री बन्नु भएको छ ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रति नन्दबहादुर पुन, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’,नेकपा(एमाले)का नेता तथा कार्यकर्ता, नेपाल सरकारका कर्मचारी,सञ्चारकर्मीको उपस्थिती थियो ।

 यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गर्भनर समेत रहनु भएका डा खतिवडालाई वाम गठबन्धन सरकारको अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लाग्नु भएको हो ।

यस्तै गृह मन्त्री बन्नु भएका थापा तत्कालीन प्रधानमन्त्री  दाहाल नेतृत्वको सरकारमा रक्षा मन्त्री हुनुहुन्थ्यो । हाल उहाँ माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सदस्य हुनुहुन्छ ।

यस्तै एमाले महासचिव पोखरेल यसअघि पनि मन्त्री भइसक्नु भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री यादव यसअघि पनि मन्त्री बनीसक्नु भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको