नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत तीन कम्पनीहरूको वार्षिक साधारणसभा आज पुस १४ गते बस्दैछ । आज घोराही सिमेन्ट, लक्ष्मी सनराइज बैंक र गार्डियन माइक्रो लाइफको साधारणसभा आयोजना हुने भएको हो ।
यी कम्पनीहरुले लाभांश तथा हकप्रद प्रस्ताव सहितका प्रस्ताव पारित गर्ने एजेण्डा रहेका छन् । घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडले १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश र १ः०.७५ को अनुपातमा हकप्रद सेयर निष्कासनको प्रस्ताव सहित दाङको घोराही उपमहानगरपालिका–१५ स्थित होटल पौवामा बिहान ९ बजेदेखि वार्षिक साधारणसभा बस्दैछ ।
लक्ष्मी सनराइज बैंक लिमिटेडले १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव सहित काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजेदेखि २५ औँ वार्षिक साधारणसभा बस्दैछ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव सहित मोरङ जिल्लाको विराटनगरस्थित होटल एअरपोर्टमा बिहान ११ बजेदेखि तेस्रो वार्षिक साधारणसभा बस्दैछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस