Like us!
Follow us!
Connect us!
Watch us!

सालपा विकास बैंकको आईपीओमा आवेदन खुल्यो, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

अर्थ संसार

बुधबार, १६ पुस २०८२, ०७ : ५६ मा प्रकाशित

सालपा विकास बैंकको आईपीओमा आवेदन खुल्यो, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

सालपा विकास बैंक लिमिटेडले आम सर्वसाधाणका लागि आईपीओ बिक्री खुला गरेको छ । बैंकले आज पुस १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । 

पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरी बाँडफाँड गरेपश्चात् दोश्रो चरणमा सर्वसाधारणका लागि आजदेखि आईपीओ बिक्री खुला गरेको हो । यस बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । जसमध्ये १ लाख ७२ हजार ३८८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा बाँडफाँड गरिसकेको छ ।

बैंकले अब बाँकी सेयरमध्ये ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषहरूलाई र २६ हजार ११९ कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको १४ लाख ३९ हजार १७९ कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको हो । यसमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि दिनु पर्नेछ भने अधिकतममा २५ हजार कित्तासम्म माग गर्न सकिनेछ । आवेदन पुस २० गते बैंकिङ्ग समयसम्म दिन सकिनेछ। तर पर्याप्त आवेदन नपरेमा पुस ३० गतेसम्म लम्बिनेछ । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको