Like us!
Follow us!
Connect us!
Watch us!

सबै कम्युनिस्ट एकताबद्ध बनौं,देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ– झलनाथ खनाल

अर्थ संसार

विहीबार, १७ पुस २०८२, ११ : ५६ मा प्रकाशित

सबै कम्युनिस्ट एकताबद्ध बनौं,देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ– झलनाथ  खनाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाललाई योजनाबद्ध रूपमा युक्रेनकोजस्तै संकटमा पुर्याउने षड्यन्त्र भइरहेको दाबी गर्दै सबै वामपन्थी तथा कम्युनिस्ट पार्टीहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन्।

अंग्रेजी नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै खनालले जेन्जी आन्दोलनको नाममा देशलाई ठूलो संकटमा धकेलिएको र यसमा पश्चिमी शक्ति तथा नेपालभित्रका उनीहरूसँग सहकार्य गर्ने व्यक्तिहरू संलग्न रहेको आरोप पनि लगाएका छन्।

खनालले भनेका छन्,'अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरु र देशभित्रका उनीहरुका दलालहरु नेपाललाई युक्रेन बनाउन योजनाबद्ध ढंगले लागेका छन् । उनीहरु नेपाली जनतालाई सबै नेताका विरुद्ध,नेपाली समाजलाई परिवर्तन गर्दै आइरहेका पार्टीहरुको विरुद्ध,देशका विरुद्ध र समाजवादका विरुद्ध विदेशी पैसा र प्रलोभनका आधारमा दुष्प्रचार गरिरहेका छन् र मुलुकलाई हिंसा र बिध्वंशतिर लान खोज्दैछन् ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको