Like us!
Follow us!
Connect us!
Watch us!

विमानस्थलको ढोका थुनेर पलायन रोकिँदैन - महानिर्देशक तिवारी

अर्थ संसार

विहीबार, १७ पुस २०८२, १६ : १३ मा प्रकाशित

विमानस्थलको ढोका थुनेर पलायन रोकिँदैन - महानिर्देशक तिवारी

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले सरकारको नीतिगत कमजोरीका कारण बढ्दो युवा पलायन रोक्न नसकिएको बताएका छन् । बिहीबार ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ शुभारम्भ कार्यक्रममा बोल्दै उनले पछिल्ला २० वर्षयता विदेश जाने प्रक्रियामा नियन्त्रणका प्रयास भए पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गरे । विमानस्थलका ढोका बन्द गरेर मात्र विदेश पलायन रोक्न नसकिने भन्दै उनले युवालाई देशमै अवसर सिर्जना गर्न राज्यले स्टार्टअपसहितका उत्पादनमूलक क्षेत्रमा प्रभावकारी सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उ,नले भने‘विमानस्थलमा ढोका थुनेर कोही अडिँदो रहेनछ । हामीले युवाहरुलाई अस्टार्टअप लगायतका क्षेत्रमा सहयोग नगरिकन कुनैपनि युवालाई रोकेर मात्र हुँदैन । यसले नेपालको अध्यागमनको इकोसिस्टले लय गुमाएको अवस्था थियो।'

अध्यागमन नीतिमा बारम्बार बुँदागत फेरबदल गर्दा लागत मात्र बढेको र अध्यागमन प्रणालीको समग्र ‘इकोसिस्टम’ नै लयविहीन बनेको टिप्पणीसमेत उनले गरेका छन् ।

तिवारीले भने,‘सरकारले बनाएका नीतिमा सधैं बुँदा फेरेको देखिन्छ । हामीले पछिल्लो २० वर्षमा विदेश जाने नेपालीलाई कसरी रोक्ने र छोड्ने भन्ने अभ्यास गरेछौँ र लागत बढाएको बढाएै गरेछौँ । कहिले अध्यागमनले कहिले एयरलाइन्सले गरेर १५० भन्दा बढी मान्छे रोकेछौँ तर एकदुई महिना अडियो होला कोही पनि नेपालमा अडिएनछ ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको