अध्यागमन विभागले पछिल्लो झण्डै १८ महिनामा ६७५ विदेशी नागरिकलाई निष्कासन गरेको जनाएको छ। अवैध रूपमा बसोबास तथा रोजगारीमा संलग्न विदेशी नागरिकलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी देश निकाला गरिएको विभागले जानकारी दिएको हो।
मंगलबार आयोजित विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी एकदिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा उक्त विवरण सार्वजनिक गरेको हो। कार्यक्रममा प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सरोकारवाला निकायसँग छलफलसमेत गरिएको थियो।
विभागका अनुसार सन् २०२५ मा अवैध रूपमा काम गरिरहेका ५२३ विदेशी नागरिक निष्कासनमा परेका थिए। त्यस्तै, सन् २०२६ को मे २५ सम्म थप १५२ जना विदेशी नागरिकलाई निष्कासन गरिएको छ।
हाल देशभरका १८ वटा कार्यालयमार्फत अध्यागमन सुधार, नियमन तथा अनुगमनसम्बन्धी काम भइरहेको विभागले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस