अर्थ संसार, काठमाडौं–- सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भि.जि. अटोमोवाइल्स प्राइभेट कम्पनी लिमिटेडले नयाँ बाइक सुजुकी इन्टुडर बजारमा ल्याएको छ ।
आज एक कार्यक्रम विच यस बाइकको सार्वजनिक गरेको हो । यो बाइक सुजुकीको व्रmुज काइक समूहको एक नयाँ संरचना हो ।
सुजुकी विश्वकै चिरपरिचित मोटरसाईकल कम्पनीको रुपमा स्थापित भएको छ । सुजुकी इन्टुडर एम १८०० आर को प्रतिनिधि स्वरुप इन्टुडर १५० सिसीको नयाँ संस्करण बजारमा ल्याइएको कम्पनीका सिओ चिरञ्जीवि शाहले बताउनुभयो । यसको विक्री सँगै २०१८ मा नेपाली बजमार एक नयाँ रौनक बढाएको छ ।
यसको विशेषता
इन्टुडर आधुनिक स्टाइल, विशेष गुणहरु र कार्य क्षमताको एक सही संयोजन हो । यसमा इन्टुडर एम १८०० आर स्टाइलको हेडलाइट, डिजिटल मिटर, तीक्षण र अनुपम दोहोरो निश्कासन, सुविधादायक क्रुज बाइकमा बस्ने पोजिसनसहितको विलासितापूर्ण स्टाइलिङका साथै अद्यावधिक गरिएको छ ।
यो चालकहरुको सुरक्षाको लागि १५० सिसीको बाइक समूहमा एबिएस प्रणाली जडान गरिएको एकमात्र बाइक हो । सुजुकी इन्टुडर एसइपि (सुजुकी इको र्फमेन्स) प्रविधि जडित छ ।
सुजुकीद्धारा परिकल्पना गरिएको एक नयाँ विकसित अवधारणा हो । एसइपि हाम्रो अर्काे पुस्ताको इन्जिनको लागि बनेको छ, जसले कम इन्धन खपत एवं अत्यन्त तीव्र गति दुवै सुविधा प्रदान गर्दछ । यसको मूल्य रु ३०९,९००/रुपैयाँ रहेको छ ।
सुजुकी, जापनीज बाइकहरु निर्माणमा ख्याति कमाएको विश्वकै एक अग्रणी बाइक निर्माता हो । हाल विश्वका प्रायः जसो सवै देशहरुमा यसको उपस्थिति रहेको छ । सवै वर्गका ग्राहकहरु अनुकूलका बाइकका व्यापक मोडलहरु जस्तै प्रख्यात जिक्सर, जिक्सर एसएफ, हायातेका अलावा स्कूटर समूहमा एक्सेस, लेट्स रेहेका छन् ।
विश्वस्तरीय यी जापानीज प्रविधिको बाइक तथा स्कूटरमा कम्पनीले ५ वर्षको वारेन्टी प्रदान गरेको छ ।
नेपालमा भिजी अटोमोवाइल्स प्रा.लि.को बलियो वितरण सञ्जाल मार्फत देशभर एउटै छाना मुनी ७३ स्थानमा ३ एस (सेल्स, सर्भिस र स्पेर्यस) सेवा प्रदान गर्दै आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस