एनआईसी एसिया बैंकले हकप्रद सेयर जारी गर्ने भएको छ।
बैंकले तत्काल कायम रहेको साधारण सेयरको चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँको २ बराबर १ को अनुपातमा ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ मूल्यका ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो।
यसका लागि पूर्व सहमतिको लागि नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरिएको र राष्ट्र बैंकको सहमति पछि बैंकको वार्षिक साधारणसभामा सोको स्वीकृतिका लागि प्रस्ताव पेश गरिने कम्पनी सचिव कमल खड्काले जानकारी दिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस