Like us!
Follow us!
Connect us!
Watch us!

विशेष महाधिवेशन हुन दिँदैनौं - कृष्णप्रसाद सिटौला

अर्थ संसार

सोमबार, २१ पुस २०८२, १३ : ०६ मा प्रकाशित

विशेष महाधिवेशन हुन दिँदैनौं - कृष्णप्रसाद सिटौला

नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले दलहरूसँग समन्वय गरेर चुनावमा जाने तयारी भइरहेको बताएका छन्। सोमबार पत्रकारहरूसँगको कुराकानीमा सिटौलाले प्रतिनिधि सभामा कांग्रेसले गठबन्धन नगर्ने नीतिलाई नै आफ्नो बटम लाइन भएको पनि स्पष्ट पारे।

‘राष्ट्रिय सभामा रणनितीक तालमेल हुन्छ। प्रतिनिधि सभामा गठबंधन नगर्ने कांग्रेसको बटम लाइन हो,’ उनले भने ।

त्यस्तै उनले पार्टीको विशेष महाधिवेशन नहुने ठोकुवा पनि गरे ।उनले भने, ‘विशेष महाधिवेशन हुँदैन ।  हुन दिँदैनौं । कांग्रेस चिरा हुँदैन हामी हुन दिँदैनौं,कांग्रेस पार्टी फुटोस्, कमजोर होस् अनेक झगडा होस् भन्ने चाहना होला । हामी त्यो हुन दिदैनौं । हस्ताक्षर गर्नेलाई काठमाडौ नआउन आग्रह गर्दछु। चुनावको तयारीमा लाग्न आग्रह गर्दछु।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको