नेपाल राष्ट्र बैंकले व्यावसायिक प्रयोजनका लागि लिइने कर्जा विलासितामा प्रयोग हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई रोक्न चेतावनी दिएको छ।
बैंकका अनुसार व्यवसायिक कर्जा व्यवसायको उन्नति र प्रवर्द्धनका लागि महत्वपूर्ण साधन हो। यस्तो कर्जा मेसिन खरिद, व्यवसायको स्तरोन्नति र अद्यावधिक, व्यवसाय विस्तार, वा व्यापार–व्यवसायमा नयाँ अवसर सिर्जना गर्न प्रयोग हुनुपर्छ।
तर पर्याप्त तयारी बिना लिइएको व्यवसायिक कर्जा पछि बोझ बन्न सक्ने राष्ट्र बैंकले जनाएको छ। साथै, कर्जालाई विलासिताका प्रयोजनमा प्रयोग गर्नु कर्जाको दुरुपयोग हुने पनि स्पष्ट पारेको छ। वित्तीय चेतना अभिवृद्धिका लागि जारी गरिएको सूचनामार्फत राष्ट्र बैंकले कर्जालाई सही क्षेत्रमा लगानी गर्न र आर्थिक अनुशासन कायम राख्न सबैलाई आग्रह गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस