Like us!
Follow us!
Connect us!
Watch us!

निरन्तर घट्दै बैंकहरुको बेस रेट, पछिल्लो तथ्यांक अनुसार कुनको कतिमा झर्यो ?

अर्थ संसार

मंगलबार, २२ पुस २०८२, १५ : १७ मा प्रकाशित

निरन्तर घट्दै बैंकहरुको बेस रेट, पछिल्लो तथ्यांक अनुसार कुनको कतिमा झर्यो ?

बैंक तथा वित्तीय संस्थाहरूको आधार दर (बेस रेट) लगातार घट्दै गएको छ । २० वटै वाणिज्य बैंकको आधार दर घटेसँगै कर्जाको ब्याजदर पनि निरन्तर ओरालो लागेको छ ।  पुष महिनाको तथ्यांकअनुसार बैंकहरूको औसत आधार दर घटेर ५.४५ प्रतिशतमा कायम भएको छ । यो अघिल्लो महिना मंसिरको ५.५७ प्रतिशतको तुलनामा ०.१२ प्रतिशतले कम हो ।

हाल बैंकिङ प्रणालीमा अधिक तरलता रहेको छ । तर, आर्थिक शिथिलताका कारण कर्जाको माग न्यून हुँदा बैंकहरू निक्षेपको ब्याजदर घटाउन बाध्य भएका छन्, जसको प्रत्यक्ष असर आधार दरमा परेको देखिन्छ । अहिले बैंकहरूले कर्जाको प्रकृतिअनुसार आधार दरमा १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह गरिरहेका छन् ।

आधार दरको अवस्था हेर्दा सस्तो ब्याजदरमा ऋण लिन चाहने ग्राहकहरूका लागि स्ट्याण्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट बैंक आकर्षक देखिएका छन् । यद्यपि, कर्जा लिँदा ब्याजदर मात्र नभई कर्जाको प्रकार, बैंकको सेवा गुणस्तर र अन्य शुल्कहरू पनि विचार गर्नुपर्ने हुन्छ ।

पुष महिनाको आधार दरअनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम ब्याजदरमा कर्जा प्रदान गरिरहेको देखिन्छ । बैंकको आधार दर ४.२७ प्रतिशत रहेको छ । त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकको ४.४८ प्रतिशत, एभरेष्ट बैंकको ४.७७ प्रतिशत, नेपाल बैंकको ५.१३ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५.१९ प्रतिशत, नबिल बैंकको ५.२३ प्रतिशत र ग्लोबल आइएमई बैंकको ५.२४ प्रतिशत आधार दर रहेको छ ।

सबैभन्दा उच्च आधार दर एनआईसी एशिया बैंक र प्राइम बैंकको रहेको छ । यी बैंकहरूको आधार दर क्रमशः ६.५२ प्रतिशत र ५.९४ प्रतिशत हुँदा ती बैंकबाट कर्जा लिँदा ग्राहकले तुलनात्मक रूपमा बढी ब्याज तिर्नुपर्ने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको