नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल फाइनान्सको करिब २ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १ लाख ७२ हजार कित्ता सेयर सूचीकृत भएको हो ।
कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्री नभएको सेयर लिलाममा ल्याएको थियो । सोहि सेयर आज सूचीकृत भएका हुन् । सूचीकृत भएका सेयर संस्थापक समूहका हुन् । उक्त सेयर भोलिदेखि कारोबार गर्न सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस