Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

अर्थ संसार

बुधबार, २३ पुस २०८२, ०८ : १५ मा प्रकाशित

एनआईसी एशिया बैंकको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

एनआईसी एशिया बैंक लिमिटेडको संस्थापक समूहको २ लाख कित्ता सेयर सबैले किन्न पाउने गरी लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखिएको छ । 

बिक्री प्रबन्धक नेपाल लाइफ क्यापिटलका अनुसार प्रतिकित्ता न्यूनतम १४० रुपैयाँमै सेयर बिक्रीमा राखिएको हो । सेयर खरीदका लागि इच्छुक योग्य जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाहरूले आज पुस २३ गतेदेखि माघ २ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिंदा सम्पूर्ण कित्ता (२ लाख) खरीदका लागि दिनु पर्नेछ। गोप्य शिलबन्दी बोलपत्र फाराम काठमाडौंको कमलपोखरीस्थित नेपाल लाइफ क्यापिटलको कार्यालयमा पाइनेछ र सोही स्थानमा बुझाउनु पर्नेछ ।

बिक्री अवधिमा परेका बोलपत्रहरू माघ ४ गते दिउँसो ३ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिने कम्पनीले जनाएको छ । बोलपत्र पेश गर्दा प्रतिकित्ता कम्तीमा १४० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गर्नु पर्नेछ।
 

695dc5ba61c16.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको