नेपाल राष्ट्र बैंकले आज पुस २३ गते पुनः २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको छ। केन्द्रीय बैंकले एक वर्ष अवधिको नेपाल राष्ट्र बैंक ऋणपत्र बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो।
यो ऋणपत्रलाई नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ङ’ नाम दिइएको छ। ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने यसको साँवा भुक्तानी २०८३ पुस २३ गते हुनेछ। साथै, यस ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने केन्द्रीय बैंकले जनाएको छ।
बैंक तथा वित्तीय संस्थाले न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । आह्वान गरिएको ऋणपत्रको रकम बाँडफाँट गर्दा बोलकबोलको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी आह्वान रकमसम्म वा समितिले निर्धारण गरेको बाँडफाँट रकमसम्मको विन्दुमा कायम हुने ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो दर र सो दरभन्दा कम बोलवालालाई नेपाल राष्ट्र बैंक ऋणपत्र बिक्री गरिने उल्लेख छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस