Like us!
Follow us!
Connect us!
Watch us!

५ महिनाको तथ्यांक - कस्तो छ मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति ? (पूर्णपाठ)

अर्थ संसार

शुक्रबार, २५ पुस २०८२, १६ : १३ मा प्रकाशित

५ महिनाको तथ्यांक - कस्तो छ मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति ? (पूर्णपाठ)

 नेपाल  राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिना (मंसिर मसान्तसम्म) को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांकले मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सकारात्मक नै रहेको देखाएको  छ। 

२०८२ मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.६३ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०५ प्रतिशत रहेको थियो। चालु आर्थिक वर्ष २०८२/८३ को ५ महिनामा कुल वस्तु निर्यात ५८.२ प्रतिशतले वृद्धि भई  १ खर्ब १६ अर्ब ५१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा १६.५ प्रतिशतले वृद्धि भएको थियो। चालु आर्थिक वर्ष मंसिरमा कुल वस्तु आयात १५.८ प्रतिशतले वृद्धि भई ७ खर्ब ६६ अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३.० प्रतिशतले वृद्धि भएको थियो।

मंसिरसम्म कुल वस्तु व्यापार घाटा १०.५ प्रतिशतले वृद्धि भई ६ खर्ब ४९ अर्ब ६८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १.५ प्रतिशतले वृद्धि भएकोे थियो। यो ५ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३५.६ प्रतिशतले वृद्धि भई ८७० अर्ब ३१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले बढेको थियो। २०८२ मंसिर महिनामा विप्रेषण आप्रवाह  १ खर्ब ८३ अर्ब १८ करोड रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह  १ खर्ब १८ अर्ब ७९ करोड रहेको थियो।

समीक्षा अवधिमा चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको छ। जुन अघिल्लो वर्षको सोही अवधिको १ खर्ब ५८ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी हो। यसैगरी शोधनान्तर स्थिति पनि ४ खर्ब २१ अर्ब ८९ करोड रुपैयाँले बचतमा पुगेको छ। २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति २०८२ मंसिर मसान्तमा १९.६ प्रतिशतले बढेर ३२ खर्ब १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २२ अर्ब १३ करोड पुगेको छ।

पाँच महिनाको आयातका आधारमा विदेशी विनिमय सञ्चिति २१.७ महिनाको वस्तु आयात तथा १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिन्छ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको