Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुको मुद्दति निक्षेपमा ६.३४ अर्ब लगानी गर्दै राष्ट्र बैंक

अर्थ संसार

विहीबार, १४ फागुन २०८२, १४ : १८ मा प्रकाशित

बैंकहरुको मुद्दति निक्षेपमा ६.३४ अर्ब लगानी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंकहरूको मुद्दति निक्षेपमा कुल ६ अर्ब ३४ करोड १७ लाख रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकका विभिन्न कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रूपमा बैंकिङ प्रणालीमा प्रवाह गर्न लागिएको हो।

यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई फागुन १७ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव पेश गर्न आह्वान गरेको छ। कुल रकममध्ये ५ अर्ब ७ करोड ३५ लाख रुपैयाँ वाणिज्य बैंकहरूमा, ९५ करोड १२ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकहरूमा र ३१ करोड ७० लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा मुद्दति निक्षेपका रूपमा राखिनेछ।

उक्त लगानी सन् २०२६ मार्च १३ देखि २०२७ फेब्रुअरी १३ सम्म, ३६६ दिनको अवधिका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको