Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा पहिरो, दुई घण्टामा साढे १४ अर्ब माथिको कारोबार

अर्थ संसार

मंगलबार, २६ फागुन २०८२, १३ : ०३ मा प्रकाशित

सेयर बजारमा पहिरो, दुई घण्टामा साढे १४ अर्ब माथिको कारोबार

मंगलबार सेयर बजारमा उच्च गिरावट देखिएको छ । अघिल्लो दिन १६२ अंकले बढेर सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको बजारमा आज भने गिरावट देखिएको हो । 

आजको दुई घण्टाको कारोबार जारी रहँदा नेप्से परिसूचक ५७.३६ अंकले घटेर २८१८.३६ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.९९ प्रतिशतले कम हो । कारोबार जारी रहँदा २०८ कम्पनीको सेयर मूल्य घटेको छ भने ५० कम्पनीको बढेको छ । ३ वटा कम्पनीको सेयर मूल्य यो अवधिमा स्थिर रहेको छ । 

परिसूचक घटे पनि कारोबार रममा भने वृद्धि देखिएको छ । आजको दुई घण्टाको अवधिमा साढे १४ अर्ब माथिको कारोबार भएको छ । यो अवधिमा सेयर बजारमा १४ अर्ब ६७ करोड ६८ लाख ९२ हजार ६० रुपैयाँको ३ करोड ६० लाख ४१ हजार ५६३ कित्ता सेयर खरिद बिक्री भएको छ । 
 

69afc63a0457a.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको