मंगलबार सेयर बजार ओरालो लागेको छ । सोमबार तीन पटक सकारात्मक सर्किट लागेर बन्द भएको बजारमा आज भने भारी अकंले गिरावट देखिएको हो ।
निर्वाचनपछि सोमबार खुलेको बजारमा तेस्रो पटक सर्किट ब्रेक लागेपछि बन्द भएको थियो । सो दिन करिब ३ मिनेट मात्रै बजार खुलेको थियो । आज बजारमा राताम्य आइरहेको छ । प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमतसहित दुई तिहाई नजिक पुगेसँगै बजारमा हिजो उत्साह आएको थियो ।
आजको कारोबार जारी रहँदा सेयर बजार ५४.६८ अंकले घटेर कारोबार भइरहेको छ । यो १.९० प्रतिशतले कम हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस