Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकका दुई डेपुटी गभर्नरको पद रिक्त, अब को बन्ला ?

अर्थ संसार

आइतबार, २४ फागुन २०८२, १६ : ०९ मा प्रकाशित

राष्ट्र बैंकका दुई डेपुटी गभर्नरको पद रिक्त, अब को बन्ला ?

नेपाल राष्ट्र बैंकमा आजदेखि दुई डेपुटी गभर्नरको पद रिक्त भएको छ। डेपुटी गभर्नर नीलम ढुंगाना र बमबहादुर मिश्रले आज फागुन २४ गतेदेखि नियमित अवकाश पाएपछि पद खाली भएको हो।

उनीहरू दुवै २०७७ फागुन २५ गते डेपुटी गभर्नरमा नियुक्त भएका थिए। राष्ट्र बैंकको नियमअनुसार डेपुटी गभर्नरको कार्यकाल पाँच वर्षको हुन्छ।

राष्ट्र बैंकको प्रावधान अनुसार डेपुटी गभर्नर बन्नका लागि पहिले कार्यकारी निर्देशकको रूपमा काम गरेको हुनुपर्ने व्यवस्था छ। यस आधारमा हाल राष्ट्र बैंकमा कार्यरत १८ जना कार्यकारी निर्देशक डेपुटी गभर्नर पदका सम्भावित प्रत्यासी बनेका छन्। हाल सम्भावित उम्मेदवार को–को चयन हुने भन्ने विषयमा कर्मचारी र अर्थ क्षेत्रका व्यक्तिहरूबीच व्यापक चर्चा भइरहेको छ। नियमअनुसार गभर्नरले कार्यकारी निर्देशकमध्येबाट चार जनाको नाम सिफारिस गरेर मन्त्रिपरिषद्मा पठाउने व्यवस्था छ। सो सूचीबाट मन्त्रिपरिषद्ले दुई जनालाई डेपुटी गभर्नरमा नियुक्त गर्नेछ।

को-को छन् प्रतिस्पर्धी ?

राष्ट्र बैंकका १८ कार्यकारी निर्देशकहरूमा  नरेश शाक्य, रेवती नेपाल, रामु पौडेल, विश्रुत थापा, दयाराम शर्मा, गुरुप्रसाद पौडेल, किरण पण्डित, डा. सत्येन्द्र तिमल्सिना, चेतप्रसाद उप्रेती, रोशनकुमार सिग्देल, डा. रामशरण खरेल, डा. डिल्लीराम पोखरेल, दीर्घबहादुर रावल, निश्चल अधिकारी, अनुज दाहाल, दीपकराज लामिछाने, राजनविक्रम थापा र राजेन्द्र भट्टराई रहेका छन्।

उनीहरूमध्ये डा. सत्येन्द्र तिमल्सिना, डा. रामशरण खरेल, डा. डिल्लीराम पोखरेल र रोशनकुमार सिग्देललाई मौद्रिक तथा आर्थिक क्षेत्रका जानकारका रूपमा लिइन्छ। राष्ट्र बैंकमा अर्थशास्त्रको राम्रो ज्ञान भएको व्यक्ति आवश्यक रहेको चर्चा भइरहेका बेला उनीहरूमध्येबाट सिफारिस हुन सक्ने सम्भावना देखिएको छ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको