Like us!
Follow us!
Connect us!
Watch us!

दुई हाइड्रोपावरले पाए आईपीओ निष्कासनको अनुमति, कुनले कति ?

अर्थ संसार

मंगलबार, २६ फागुन २०८२, १६ : १६ मा प्रकाशित

दुई हाइड्रोपावरले पाए आईपीओ निष्कासनको अनुमति, कुनले कति ?

दुई हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले कालंगा हाइड्रो लिमिटेड र सानीगड हाइड्रो लिमिटेडलाई आईपीओ जारी गर्न अनुमति दिएको हो । 

कालंगा हाइड्रोले अंकित मूल्य १०० रुपैयाँ दरको ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता सेयर निष्कासनको अनुमति पाएको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

यता, सानीगड हाइड्रोले पनि अंकित मूल्य १०० रुपैयाँ दरकै ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता सेयर निष्कासनको अनुमति पाएको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको