पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्य ७ हजार ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । हप्ताको पहिलो दिन पुस १८ गते शुक्रबार २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य पुस २५ गते शुक्रबारसम्म आइपुग्दा २ लाख ६७ हजार ८०० रुपैयाँ पुगेको हो । यो साता सुनको मूल्य ७ हजार ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत पुस २० गते आइतबार सुनको मूल्य ४ हजार ६०० रुपैयाँ बढेर प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, पुस २१ गते सोमबार पुनः ३ हजार १०० रुपैयाँले बढेर २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, पुस २२ गते मंगलबार भने सुनको मूल्य ४०० रुपैयाँले घट्यो । त्यसदिन सुन प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । पुस २३ गते बुधबार भने सुनको मूल्य यथावत रह्यो ।
त्यस्तै, पुस २४ गते बिहीबार भने सुनको मुल्य २ हजार रुपैयाँले घटेर २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भयो । त्यस्तै पुस २५ गते शुक्रबार भने २१०० रुपैयाँ बढेर सुन प्रतितोला २ लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस साता चाँदको मूल्यले भने ऐतिहासिक रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला ४ हजार ५०० रूपैयाँमा कारोबार भएको चाँदीले बुधबार तोलाको ४ हजार ९३५ रूपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो । त्यसपछिका दिनहरूमा भने चाँदीको मूल्य घट्दो क्रममा रहेको छ । यो साता चाँदीको मूल्य २ हजार ८० रुपैयाँले बढेको छ ।
सोमबार नेपाली बजारमा चाँदीको मूल्य ४ हजार ६८५ रुपैयाँ पुगेको थियो । त्यस्तै मंगलबार पनि बढेर ४ हजार ८८० रुपैयाँ पुगेको चाँदीको मूल्य मंगलबार भने हालसम्मकै उच्च ४ हजार ९३५ रुपैयाँ पुग्यो । त्यस पनि बिहीबार घटेर ४ हजार ८३५ रुपैयाँ र शुक्रबार ४ हजार ७८० रुपैयाँ कायम भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस