नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४१ सय रुपैयाँले बढेको छ ।
यससँगै आज सुनको मूल्य तोलामा २ लाख ७४ हजार ७ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ७० हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ५१ सय ९५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलामा ४९ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस