नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको हो । यससँगै आज सुनको भाउ तोलामा २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम भएको छ। सोमबार भने सुन तोलामा २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड ब्रेक गरेको छ । आज चाँदी तोलामा १४५ रुपैयाँले बढेर पाँच हजार १९५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो । जुन हालसम्मकै उच्च हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस