नेपाली कांग्रेसका नेता सुनिल शर्माले एकताको नाममा पार्टीभित्र कसैलाई हेप्ने वा हेप्ने काम स्वीकार्य नहुने बताएका छन्। विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमा उनले एकताको बहानामा कसैमाथि कारबाही गर्न पनि नपाइने स्पष्ट पारे।
उनले भने, ‘एकताका नाममा पेल्ने, हेप्ने, कारबाही गर्ने वा पार्टीलाई विभाजनतर्फ धकेल्ने कुनै पनि प्रयास अस्वीकार्य छ । यस्तो अवस्था आयो भने जिम्मेवार कार्यकर्ताहरू जुर्मुराउनुपर्छ र त्यो निकास अत्यन्तै दुर्भाग्यपूर्ण हुन्छ ।’
उनले कांग्रेस संकटमा परे देश संकटमा पर्ने भन्दै सबै नेता कार्यकर्तालाई उच्च जिम्मेवारी र संयमका साथ अघि बढ्न आह्वान गरे। अहिले आफूहरूको पहलमा वार्ता समिति बनेर छलफल सुरू भएको भन्दै शर्माले त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । विशेष महाधिवेशनलाई पार्टी नेतृत्वले स्वीकार गर्नुपर्ने उनको तर्क छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस